Frequently Asked Questions
‘अभियान ग्रुप’ विविध व्यवसायिक क्षेत्रमा संलग्न कम्पनीहरूको एकीकृत ब्रान्ड पहिचान हो, जसले ती सबैलाई एउटै छातामुनि प्रतिनिधित्व गर्दछ।
नेपालको अग्रणी बहुआयामिक व्यावसायिक समूह बन्ने लक्ष्यसहित, देशका प्राकृतिक स्रोत, पूँजी तथा मानव प्रतिभाको पूर्ण सम्भावनालाई उजागर गर्ने, आ–आफ्नो क्षेत्रमा विशिष्ट र उदाहरणीय उद्यमहरूको निर्माण गर्दै रूपान्तरणकारी आर्थिक विकासलाई गति दिने तथा नेपाललाई विश्व प्रतिस्पर्धी उदाउँदो अर्थतन्त्रका रूपमा स्थापित गर्ने हाम्रो प्रतिबद्धता छ।
अभियान ग्रुपअन्तर्गतका प्रत्येक कम्पनी छुट्टाछुट्टै सञ्चालक समितिको (Board of Directors) निगरानी र निर्देशनमा सञ्चालन हुन्छन्। सञ्चालक समितिका केही सदस्यहरू विभिन्न कम्पनीहरूमा साझा हुन सक्ने भए पनि, प्रत्येक कम्पनी आफ्नो विशिष्ट दृष्टिकोण, उद्देश्य र कार्यादेशअनुसार स्वतन्त्र रूपमा सञ्चालन हुन्छ ।
अभियान ग्रुप स्थापना गर्नुको प्रमुख उद्देश्य समूहअन्तर्गत सञ्चालन भइरहेका सबै कम्पनीहरूमाथि समग्र रणनीतिक निगरानी कायम गर्नु हो। यसमार्फत नेतृत्व तथा व्यवस्थापकीय मार्गदर्शन प्रदान गर्दै, समूहका कम्पनीहरूबीच देखा पर्ने सञ्चालनगत अवरोधहरू र जटिलताहरूलाई न्यूनिकरण गरी कार्यक्षमता अभिवृद्धि गर्न ग्रुपको स्थापना गरिएको हो।
अभियान ग्रुपअन्तर्गतका कम्पनीहरू विभिन्न क्षेत्रहरूमा सक्रिय रूपमा सञ्चालनरत छन्। समूहले यी कम्पनीहरूको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन एकीकरण (integration) र पारस्परिक सहकार्य (synergy) का अवसरहरू निरन्तर खोजी गर्दै आएको छ। साथै, सम्भावनायुक्त व्यावसायिक अवसरहरू पहिचान गरी नयाँ व्यवसायको आधारस्तरबाट निर्माण (grassroots business building) गर्ने वा विलय तथा अधिग्रहण (Mergers & Acquisitions) मार्फत ती अवसरहरूको सदुपयोग गर्ने रणनीति अवलम्बन गरिएको छ।
यस अभियान ग्रुप अन्तर्गतका सबै कम्पनीहरू सम्बन्धित क्षेत्रका विज्ञ तथा दक्ष पेशेवरहरूको टोलीद्वारा सञ्चालन भइरहेका छन्। सम्पूर्ण कम्पनीहरूमाथि सञ्चालक समितिले रणनीतिक निगरानी कायम गरेको छ, जसमा अनुभवी उद्यमीहरू, बैंकिङ क्षेत्रका पेशेवरहरू तथा उच्च तहका सरकारी अधिकारीहरूको सहभागिता रहेको छ।
हाल अभियान ग्रुपअन्तर्गतका कम्पनीहरूको उपस्थिति ऊर्जा, आतिथ्य (हस्पिटालिटी), वित्तीय सेवा तथा सूचना तथा सञ्चार प्रविधि (ICT) लगायतका क्षेत्रमा रहेको छ। भविष्यमा भने विद्यमान क्षेत्रहरूमा थप विस्तार गर्नुका साथै अन्य सम्भावनायुक्त र आकर्षक क्षेत्रहरूमा समेत लगानी तथा व्यवसाय विस्तार गर्ने अवसरहरूको खोजी र उपयोग गर्दै अघि बढ्ने लक्ष्य समूहले राखेको छ।
अभियान ग्रुप अन्तर्गत सञ्चालन भइरहेका कम्पनीहरूको पूँजी संरचना (Capital Structure) सम्बन्धित कम्पनीको व्यवसायको आकार, प्रकृति तथा सञ्चालनको दायराअनुसार फरक–फरक रहेको छ।
अभियान ग्रुप अन्तर्गत सञ्चालन हुने प्रत्येक कम्पनीको आफ्नै पृथक कानुनी अस्तित्व (Legal Identity) रहेको छ। त्यसैले सार्वजनिक निष्कासन सम्बन्धी निर्णय प्रत्येक कम्पनीको उद्देश्य, कार्यादेश, रणनीति तथा व्यावसायिक आवश्यकताअनुसार फरक हुन सक्छ। तथापि, भविष्यमा उपयुक्त अवस्था र आवश्यकता अनुसार समूहअन्तर्गतका केही वा सबै कम्पनीहरू सार्वजनिक रूपमा शेयर निष्कासन गर्दै पूँजी बजारमा प्रवेश गर्ने सम्भावना रहेको छ।